प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

१३ चैत्र २०८०, मंगलवार १७:०१

काठमाडौँ । बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

उनीहरुले चीनबाट आयात गरेको सामानको प्रज्ञापन पत्र नं. ७२६ मिति २०७९/०९/२० मा दर्ता गरेपछि सिस्टमबाटै डिलिट गरी अनिमियतता गरेको भन्दै मुद्धा दायर भएको हो । अख्तियारले सापकोटा र शर्मालाई बिगो ८४ लाख ५५ हजार ६०५ रुपैयाँ कायम गरेको छ ।

सोही ऐनको दफा ७ र दफा २१ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कैद र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्वको रकमको दोव्वर जरिवाना हुने सजायलाई आधारमानी सोही ऐनको दफा २१ वमोजिम आधा सजाय हुन मागदाबी लिएको छ ।

oR1nvO

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*