नेको इन्स्योरेन्समा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

१५ चैत्र २०८०, बिहीबार १०:५३

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रोजगारीको सूवर्ण अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै तीन शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले बिर्तामोड, काकर्भिट्टा र दमक शाखा कार्यालयको लागि अफिसर र जुनिएर अफिसर पदमा पाँच जना कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिने उम्मेदवारहरुमध्ये अनुभवि र दक्षलाई बढी प्राथमिकता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु तह उत्तिर्ण गरेको हुनुपर्ने प्रकाशित सूचनामा उल्लेख गरेको छ । इच्छुक उम्मेदवारले कम्पनीको आधिकारिक इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*