झुक्किए अर्थमन्त्री पुन, छानविनमा परेका विवादित व्यक्तिलाई बजेटको जिम्मेवारी

१५ चैत्र २०८०, बिहीबार ११:५६

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बुधबार सह–सचिवहरुको सरुवा गरेका छन् । तर, अर्थमन्त्री पुनको पहिलो सरुवा र टिम छनौट नै विवादमा पर्ने देखिएको छ । यसअघि पटक पटक विवादमा परेका र अख्तियारले छानविनको घेरामा राखेको व्यक्तिलाई बजेट महाशाखामा सरुवा गरेर अर्थमन्त्री झुक्किन पुगेका छन् ।

सबैभन्दा महत्वपूर्ण बजेट महाशाखा प्रमुखमा रितेश शाक्यलाई सरुवा गरिएको छ । जुन त्रुटीपूर्ण हुन पुगेको छ । शाक्य हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको घेरामा परेका अर्थमन्त्रालयका सर्वाधिक गन्हाएका व्यक्ति हुन् ।

हिजो गरिएको सरुवा अनुसार ढुण्डि प्रसाद निरौलालाई भन्सार विभागको प्रमुख बनाइएको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ । त्यस्तै, आन्तरिक राजश्व विभागको महानिर्देशक शिवलाल तिवारीलाई बनाइएको छ । त्यस्तै, सह सचिव धनिराम शर्मालाई राजश्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

कसरी झुक्किए अर्थमन्त्री पुन ?
रितेश शाक्य आफूलाई कोर माओवादी भन्ने ट्याग भिरेर अर्थमन्त्रालयमा छिरेका व्यक्ति हुन् । काठमाडौंबाट माओवादीमा जनयुद्धकालदेखि नै सहभागी हितमान शाक्यको नाता र चित्र बहादुर श्रेष्ठ, पवनमान श्रेष्ठदेखि मुक्ति प्रधानहरुको नाता भनेर रितेश शाक्यले अर्थमन्त्रालयमा माओवादीको नाममा लामो समयदेखि मोजमस्ती मात्रै नभएर धेरै विवादित काम गरेका छन् ।

माओवादीका नेताहरुलाई सेटिङमा सहभागी गराउने र अनिल शर्मासँग समेत विशेष सेटिङ गरेर करोडौं घोटाला काण्डमा संलग्न शाक्यले अर्थमन्त्री वर्षमान पुनलाई झुक्याउन सफल भएका छन् । यतिबेला बजेट बनाउने महाअभियान चलिरहेको छ । विगतमा वर्षहरुमा सधैं बजेट विवाद नै विवादमा परेको थियो । स्पन्ज आईरन बिलेड काण्डमा शाक्यको मुख्य भूमिका रहेको चर्चा गरिएको छ । उनी मारवाडी समुदायका व्यापारीहरुको एजेन्ट नै मानिन्छन् । यस्ता विवादित र अर्थमन्त्रालय नै गन्हाउने बनाएका शाक्यले नयाँ अर्थमन्त्री वर्षमान पुनलाई माओवादीको नाममा झुक्याउन सफल भएका हुन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष रहेर काम गरेका शाक्यले पाँचवर्षदेखि आयकर समेत नितरी ६५ करोड मुनाफालाई पुँजिकरण गरेको कम्पनीलाई महंगो मूल्यमा बुक बिल्डिङ आईपिओ निष्काशन गर्न अनुमति दिएको विषयमा पनि अख्तियारको छानविनमा परेका व्यक्ति हुन् । तत्कालिन बीमा समितिमा सञ्चालक हुँदा पनि शाक्यले अर्बौ घोटाला काण्ड मच्चाएर भागेका थिए । उनै शाक्यको गलत निर्णयका कारण अहिलेसम्म पनि बीमा क्षेत्र माथि उठ्न सकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*