सजिलो छैन अष्ट्रेलिया, अब झन कडाई, के–के भयो परिवर्तन ?

१५ चैत्र २०८०, बिहीबार १४:४९

काठमाडौं । उच्च शिक्षा अध्ययनको लागि नेपाली विद्यार्थीहरूको प्रमुख शैक्षिक गन्तव्यको रूपमा अष्ट्रेलिया रहँदै आएको छ । गुणस्तरीय शिक्षा र आकर्षक आम्दानीको कारण नेपाली विधार्थीहरू अष्ट्रेलिया जान लालायित हुने गर्दछन् ।

तर, पछिल्लो समय बाक्लिँदो आप्रवासीको संख्यासँगै अष्ट्रेलियाले आप्रवासनसम्बन्धी नीतिमा पनि परिवर्तन गर्न थालेको छ । अष्ट्रेलियाले विदेशी विद्यार्थी भिसामा पनि कडाइ गर्न थालेको छ । अष्ट्रेलियन सरकारले विद्यार्थीहरुलाई भिसामा गरेका परिवर्तनहरु २४ मार्च २०२४ देखि लागु हुनेछन् । जीएस नीति अन्तर्गत अब विद्यार्थी भिसाका लागि केही नयाँ मापदण्डहरू पूरा गर्नुपर्नेछ।

यी हुन् विद्यार्थी भिसामा गरिएका परिवर्तन

–अहिले अष्ट्रेलियन सरकारले विद्यार्थीलाई प्रदान गर्ने भिसामा जीएसटीलाई हटाएर जीएस बनाएको छ । सो अन्तर्गत विद्यार्थीहरुले चार वटा प्रश्नको जवाफ दिनुपर्ने छ ।

– अग्रेजी भाषाको परीक्षाको आइएलटीए स्कोर न्युनतम ५.५ बाट बढाएर ६ अंक अनिवार्य रुपमा राखिएको छ । कुल आईएलटीएस स्कोर ६.५ पुर्याएको छ ।

– विद्यार्थीहरुले अध्ययनका लागि अष्ट्रेलिया जादाँ देखाउनुपर्ने रकम २१ हजार ४१ डलरबाट बढाएर २४ हजार ५०५ पुगेको छ । साथै अष्ट्रेलियन सरकारले विद्यार्थी भिसा शुल्क पनि ६५० डलरबाट बढाएर ७१५ डलर बनाइएको पुर्याएको छ ।

–अष्ट्रेलियन सरकारले स्नातकोत्तर अध्ययन गरेका विद्यार्थीहरूलाई पढाईसकेपछि दिने भिसाको अवधि तीन वर्षबाट घटाएर दुई वर्ष बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*