डाबर नेपालले एक वर्षमै साढे १३ अर्बको व्यापार

१५ चैत्र २०८०, बिहीबार १६:१९

काठमाडौँ । डाबर नेपाल प्राइभेट लिमिटेडले एक वर्षमा १३ अर्ब रुपैयाँको व्यापार गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार कम्पनीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँको ब्यापार गरेको हो ।

कम्पनीले गरेको ब्यापार गत वर्ष भन्दा ४.५८ प्रतिशतले बढी हो । सन् २०२२ मा कम्पनीले १३ अर्ब १ करोड ८ लाख रुपैयाँको ब्यापार गरेको थियो । कम्पनीले सन् २०२१ मा १० अर्ब ६९ करोड ५० लाख रुपैयाँको ब्यापार गरेको देखिन्छ ।

यस कम्पनीले ६६ करोड रुपैयाँ बैंक कर्जाका लागि रेटिङ पुष्टि गराएको छ । डाबर नेपाल नेपालको अग्रणी कम्पनीहरू मध्ये एक हो । डाबर इन्डिया लिमिटेडको १३० वर्षको गुणस्तर र अनुभवको विरासतमा निर्माण गर्दै, डाबर आजको सबैभन्दा भरपर्दो नाम र विश्वको सबैभन्दा ठूलो आयुर्वेदिक र प्राकृतिक स्वास्थ्य सेवा कम्पनी हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*