निर्जीवन बीमा कम्पनीको झण्डै ६५% व्यवसाय बागमती प्रदेशमा, अन्य कुन प्रदेशबाट कति ?

१६ चैत्र २०८०, शुक्रबार ११:४९

काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।८१ को फागुन महिनासम्ममा कुल २६ अर्ब २६ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । निर्जीवन बीमा कम्पनीहरुको झण्डे ६५ प्रतिशतबढी व्यवसाय बागमती प्रदेशमा रहेको तथ्यांकले देखाएको छ ।

कम्पनीहरुले फागुन महिनासम्ममा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध, लघु र कृषि तथा बालि लगायतका बीमा लेखहरुबाट उक्त बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । बीमा प्राधिकरणले प्रकाशित गरेको बीमाशुल्कको प्रदेशगत विवरण अनुसार बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमा शुल्क संकलन भएको छ ।

फागुन महिनासम्ममा  बीमा कम्पनीहरुले यस प्रदेशबाट विभिन्न बीमालेख बिक्री गरी १७ अर्ब २५ करोड २० लाख रुपैयाँबको व्यवसाय गरेको छ । देशको संघिय राजधानी रहेको र जनसंख्या पनि अन्य सबै प्रदेशभन्दा बढी रहेको तथा व्यापारिक केन्द्रको रुपमा विकास भएको कारणले बाग्मती प्रदेशमा बढी बीमा शूल्क संकलन भएको प्रकाशित तथ्यांकले देखाएको छ ।

यसैसँगै, बीमा शुल्क संकलनको आधारमा दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । फागुन महिनासम्ममा बीमा कम्पनीहरुले लुम्बिनी प्रदेशबाट दुई अर्ब ४० करोड २४ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

त्यस्तै, बीमा कम्पनीहरुले फागुन महिनामा कोशी प्रदेशबाट दुई अर्ब ३२ करोड ५१ लाख रुपैयाँ, मधेश प्रदेशबाट एक अर्ब ७५ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । यसका साथै, गण्डकी प्रदेशबाट फागुन महिनामा एक अर्ब ४८ करोड ४४ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट ३६ करोड १० लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट ६९ करोड २२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

निर्जिवन बीमा कम्पनीहरुले कर्णाली प्रदेशबाट सबैभन्दा कम बीमा शुल्क संकलन गरेका छन् । संघिय राजधानीबाट लामो दुरीमा रहेको र शिक्षा तथा बीमा जनचेतनाको अभाव लगायत अन्य थुप्रै कारणले बीमा व्यापार घटेको प्रकाशित तथ्थांकले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*