सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितलाई दावी भुक्तानी लिन आग्रह

१८ चैत्र २०८०, आईतवार ११:५३

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बीमा दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दैै बीमितलाई बाँकी रहेको दावी भुक्तानी लिन आग्रह गरेको हो ।

कम्पनीले साविकको सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भई कायम भएको संस्थामा विभिन्न समयमा परेका दावीहरुको निवेदन प्राप्त भएको र त्यसपश्चात हाल फछ्र्यौट प्रक्रियामा रहेको भएका कारण आवश्यक कागजात सहित कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

सूचना प्रकाशित मिति (चैत १८) गतेको दिनदेखि २१ दिनभित्र सम्र्पकमा आउन कम्पनीले प्रकाशित सूचनामा उल्लेख गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*