कृषि बीमाको पहिलो चरणको रकम पठाउने मन्त्रालयको निर्णय, पूरा रकम नपाएसम्म बीमालेख पुन जारी नगर्ने बीमक संघको अडान

१८ चैत्र २०८०, आईतवार १४:३८

काठमाडौं । चैत १ गतेदेखि कृषि बीमा कार्यक्रम बन्द गरेको कारण कृषकहरुमा परेको प्रभावलाई मध्यनजर गर्दै सरकारले कृषि बीमा अनुदान वापत ४६ करोडमाथि बीमा कम्पनीलाई भुक्तानी दिने निर्णय गरेको छ।

बुधबार बसेको कृषि तथा पशुधन बीमा कोष व्यवस्थापन समितिको बैठकले कम्पनीहरुलाई मन्त्रालयबाट ४६ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी डा। प्रदिप चन्द भट्टराईले जानकारी दिएका छन्।

मन्त्रालयले कृषकहरुले गुनासो लिएर आउने गरेको र दाबीको कारण कृषकमा पर्न गएको क्षती र कृषि तथा पशुपक्षी बीमालेख जारी पुनः सुचारु गराउन तत्कालको लागि यो रकम कम्पनीहरुलाई दिन लागेको जानकारी दिईएको छ।अनुदान वापतको पुरै रकम भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग छलफल भईरहेको छ। बीमा कम्पनीहरु भने पुरा रकम भुक्तानी नभएसम्म अनुदानको कृषि बीमालेख जारी नगर्ने मनसायमा देखिन्छन्।

निर्जीवन बीमा कम्पनीहरुको छाता संघठनका अध्यक्ष तथा सगरमाथा लुम्बिनी ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले पूरा रकम नपाएसम्म तत्कालको लागि चैत १ गतेदेखि बन्द भएको कृषि बीमा पुन सुचारु नगर्ने अडान दिएका छन्

कृषि मन्त्रालयले उक्त रकम पुरै चुक्ता गर्नका लागि कृषिले अर्थसँग छलफल भईरहेको हालको लागि बन्द भएको कृषि बीमा सुचारु गर्न पहिलो रकम कम्पनीहरुलाई दिन लागिएको डा। भट्टराई बताँउछन्।

सरकारले बीमा कम्पनीहरुलाई पशुपंक्षी तर्फको २ अर्ब १२ करोड ३२ लाख ६५ हजार र कृषि तर्फको १४ करोड ४७ लाख ७१ हजार गरी कुल २ अर्ब २६ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उक्त रकम विगत ३ वर्षदेखिको हो।

कृषि मन्त्रालयले बीमाको रकम विनियोजनमा ढिला गर्दा बीमा कम्पनीहरुमा समस्या परेको भन्दै यसअघि पनि कृषि बीमा योजना बन्द गराएको थियो । कृषि बीमा बन्द गराएपनि कृषकले पाउने दाबी भने नरोकेको बीमक संघका अध्यक्ष क्षेत्री बताँउछन् । बीमितको दायित्वमा रहेको भन्दै सरकार झै निर्दयी आफूहरु नबनेको उनको धारणा रहेको छ।

One thought on “कृषि बीमाको पहिलो चरणको रकम पठाउने मन्त्रालयको निर्णय, पूरा रकम नपाएसम्म बीमालेख पुन जारी नगर्ने बीमक संघको अडान

  1. LAck says:

    कृषि बीमा बन्द गराएपनि कृषकले पाउने दाबी भने नरोकेको बीमक संघका अध्यक्ष क्षेत्री बताँउछन् । बीमितको दायित्वमा रहेको भन्दै सरकार झै निर्दयी आफूहरु नबनेको उनको धारणा रहेको छ। yo galat samachar lekheko chha kina bhane euta compani le sarkar ko anudan nadiye samma claim ta tyes compani ma agent bhayera kam garne agent haru lai timemai na commissiom dinchha na ta time mai technician charge dinchha. jhan cattle claim ta sarkar ko anudan na aaye samma claim nai dinna bhancha yo ta compani ko CEO ko dadagiri bhayo. aru compani le claim ra commission tame mai dinchha.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*