समस्याग्रस्त नेपाल शेयर मार्केट्सको व्यवस्थापन समुहको संयोजक पदको लागि पाँच जनाको नाम सर्टलिस्ट

१८ चैत्र २०८०, आईतवार १७:५३

काठमाडौं । समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समुहको संयोजक पदको लागि पाँच जनाको सर्टलिस्ट भएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार प्रकाश घिमिरे, तारानाथ पाण्डे, पिताम्बर सापकोटा, रोशन कुमार अधिकारी र गोबिन्द प्रसाद शर्माको नाम सर्ट लिस्ट भएका हुन् ।

राष्ट्र बैंकले उनीहरुलाई आफ्नो कार्ययोजना प्रस्तुतीकरणको लागि बोलाएको छ । चैत्र २१,२२,र २३ गते प्रस्तुतीकरणको लागि समय तोकिएको छ ।व्यवसायीक कार्ययोजनाको प्रस्तुतीकरणपछि राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समुहको संयोजक पदमा एक जनालाई नियुक्त गर्ने छ ।

संयोजकको कार्य अवधि एक वर्षको हुने छ भने आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६ र ६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*