कालिन्चोक दर्शनले एक वर्षमा ७ करोड रुपैयाँको व्यापार

१९ चैत्र २०८०, सोमबार ११:०२

काठमाडौँ । कालिन्चोक दर्शनले एक वर्षमा ७ करोड रुपैयाँको व्यापार गरेको छ । पर्यटन आगमन थपिएसँगै कालिन्चोक दर्शनले सन् २०२३ मा ७ करोड ६० लाख रुपैयाँको आम्दानी गरेको हो ।

कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ३३.३३ प्रतिशतले बढेको छ । सन् २०२३ मा १ लाख ५० हजारले कालिन्चोकमा पुगेका हुन् ।

सन् २०२२ मा कम्पनीले ५ करोड ७० लाख रुपैयाँ र कम्पनीले सन् २०२१ मा ३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । सन् २०१८ मा स्थापना भएको कम्पनीले केबलकारको सुविधा दिँदै आएको छ ।केबलकारमा प्रतिघण्टा १९२ यात्रुले यात्रा गर्नसक्ने क्षमता छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*