महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाई सुरु

१९ चैत्र २०८०, सोमबार १२:१४

काठमाडौं । महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ। सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायाविरुद्ध उजुरी दिन १० दिनको समय दिएको संघीय संसदले जानकारी दिएको छ ।

आइतबार बसेको संवैधानिक परिषद्ले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायाको नाम महालेखा परीक्षकको लागि सिफारिस गरेको हो। गत जेठ १० गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि सो पद रिक्त थियो।  संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्रावधान छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*