अब सरकारको आन्तरिक ऋण पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउने

१९ चैत्र २०८०, सोमबार १३:१४

काठमाडौं । सरकारको आन्तरिक ऋण पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउने भएको छ । हालसम्म नेपाल राष्ट्र बैंकले उठाउदै आएको आन्तरिक ऋण सोमबारदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउन लागेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० कार्यान्वयनमा आइसकेकाले नेपाल सरकारको आन्तरिक ऋणसँग सम्बन्धित ऋणपत्र निष्कासन तथा भुक्तानी ऋण व्यवस्थापनका कार्यालयबाटै हुने कार्यालयले जनाएको हो ।

यस अघि यस्तो ऋणपत्र तथा बण्डहरुको निष्कासन तथा व्यवस्थापन केन्द्रीय बैंकमार्फत हुँदै आएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*