नयाँ वर्षमा हुन्डाईको गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट, यस्ता छन् अन्य अफर

१९ चैत्र २०८०, सोमबार १३:३२

काठमाडौँ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ नामक योजना ल्याएको छ । कम्पनीले आज अर्थात चैत १९ गतेदेखि देशभर लागू हुने गरी प्रवद्र्धनात्मक योजना ल्याएको हो ।

योजनाअनुसार आफ्नो ग्राहकको यात्रा खास बनाउन यसपालि तीन गुणा नगद छुटको आकर्षक अफर ल्याएको कम्पनीको दाबी छ । ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ अन्तर्गत ग्राहकले कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने जनाइएको छ ।

यसका साथै योजनाअन्तर्गत ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने छन् । यही क्रममा योजनाअन्तर्गत ग्राहकले स्क्र्याचको तीन गुणासम्म नगद छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

सबै हुन्डाई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ र इभी गाडीको ब्याट्री मा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*