दाबी भुक्तानी नलिएका बीमितलाई सम्पर्कमा आउन यूनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

२० चैत्र २०८०, मंगलवार ०९:४५

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले आज (चैत्र २० गते) एक सूचना जारी गर्दै सम्पर्कमा आउन भनेको हो ।

कम्पनीमा प्राप्त भएका दाबी निवेदनमध्ये लामो समयसम्म सम्पर्कमा नआएका दाबीकर्तालाई आवश्यक कागजातसहित दाबी फर्छ्यौटका लागि कम्पनीको नजिककको शाखा वा प्रधान कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको हो ।

साथै, कम्पनीले सम्बन्धित बीमा सर्भेयरलाई सम्पर्क गरी सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, मोटर बीमा, मरिन बीमा, विविध बीमा, कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अन्तर्गतका दाबीको भुक्तानी लिन भनेको छ । ३५ दिनभित्र पनि सम्पर्कमा नआएमा दाबी फाइल बन्द हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*