भिभो स्मार्टफोन बेच्ने सेलुसिटी इन्टरनेसनलको व्यापार खस्किँदो

२१ चैत्र २०८०, बुधबार ११:५२

काठमाडौँ । भिभो स्मार्टफोन बिक्री गर्ने सेल्युसिटी इन्टरनेशनल प्राइभेट लिमिटेडको व्यापार ओरालो लागेको छ । पछिल्लो समय भिभो स्मार्टफोन ग्राहकहरुको नजरमा नपर्दा कम्पनीको आम्दानी समेत खस्किएको हो ।

सन् २०२२ मा १ अर्ब ६४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ३४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको देखिएको छ । जुन व्यापारत १८.१० प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा १ अर्ब ५० करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनी अगस्ट २८, २०१७ मा प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापित भएको थियो । यो नेपालको पश्चिम र पूर्वी क्षेत्रका लागि भिभो स्मार्टफोन र एसेसरिजको आधिकारिक वितरक कम्पनीले पनि गरेको छ ।

कम्पनीले ६५ करोड रुपैयाँ बैंक कर्जाका लागि ‘केयर एनपीए४’ रेटिङ प्राप्त गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*