गाउँदेखि सहरसम्म फैलिदै क्यासिनोको जालो, ८ महिनामा प्रहरीले करोडौ रकम बरामद

२१ चैत्र २०८०, बुधबार १४:००

काठमाडौँ । पछिल्लो समय नेपालमा क्यासिनो गाउँदेखि सहरसम्म फैलिदै गएको छ । कुनै पनि उत्सब तथा समारोह जुवातास खेल्ने नेपालीको बानी बढ्दो क्रममा हुँदा अवैध क्यासिनोको जालो बढ्दै गइ रहेको छ ।

नेपाल प्रहरीको सक्रिय कदमपछि केहि क्यासिनो खेल्ने अवैध टिम नियन्त्रणमा आइरहेको छ । तर, प्रहरीले चलाएको अप्रेसन अझै शशक्त रुपमा अघि बढ्न सकेको छैन । चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा क्यासिनोमा संलग्न एक हजार ८१७ जना पक्राउ परेका छन् । नेपालको कानुनअनुसार क्यासिनोमा विदेशीले मात्र जुवा खेल्न पाउँछन् । तर, नेपालीलाई पनि जुवा खेलाउने गरेकोमा क्यासिनो विवादमा पर्दै आएका छन । प्रहरीले छापा हानी नेपालीलाई पक्राउ गर्दै आइरहेको छ ।

अझ क्यासिनो ठुला ठुला तारे होटलसम्म खेलिने गरेको पाइन्छ । जहाँ प्रहरीको नजर पुग्न नै कठिन हुन्छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा क्यासिनो खेल्नेमा संकलन काठमाडौं उपत्यकाबाट ७७९ जना, कोशी प्रदेशबाट ११५ जना, बागमती प्रदेशबाट ११३ जना, गण्डकी प्रदेशबाट २९९ जना, लुम्बिनी प्रदेशबाट ९४ जना, कर्णाली प्रदेशबाट १०४ जना र सुदूरपश्चिम प्रदेशबाट ३१३ जना प्रहरी नियन्त्रणमा रहेका छन् । उक्त अवधिमा उनीहरूबाट २ करोड ६३ लाख ४५ हजार ४१७ रूपैयाँ बरामद भएको छ ।

यसै अवधिमा जुवातास खेल्नेबाट ५५४ बुक तास, २५० थान कौडा लगायतका सामान बरामद भएको प्रहरीले जानकारी दिएको छ । रकम हार जित हुने गरी जुवातास खेल्दा समाजमा नकारात्मक असर बढि हुने हुँदा यसलाई कानुनी दायरामा ल्याइएको हो ।

क्यासिनो नियमावली– २०७० का अनुसार ठूला क्यासिनो सञ्चालनका लागि २५ करोड रूपैयाँ चुक्ता पुँजी हुनुपर्छ। मिनी क्यासिनोका लागि १५ करोड भए पुग्छ। विदेशी पर्यटकको मनोरञ्जनका लागि परम्परागत रूपमा वा आधुनिक मेसिन÷उपकरणको माध्यमबाट खेलिने क्यासिनोमा लगानी बढ्दै गएको देखिन्छ ।

मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफा अन्तर्गत पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना गर्ने कानूनी व्यवस्था रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*