आयात र निर्यात दुबै घट्यो, व्यापार घाटा ९ खर्ब बढी

२२ चैत्र २०८०, बिहीबार १७:१३

काठमाडौँ। चालु आर्थिक वर्षको आठ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबरको आयात भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार समीक्षा अवधिमा कुल वस्तु आयात २.७ प्रतिशतले कमी आएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २२.९ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३३।७ प्रतिशतले बढेको छ । व

त्यस्तै, राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यात ४ प्रतिशतले घटेर एक खर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९।१ प्रतिशतले कमी आएको थियो ।

यस अवधिमा कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले कमी आई ९ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७।९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात(आयात अनुपात ९।८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९।९ प्रतिशत रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*