गण्डकी प्रदेशमा चैत्र २८ गते अभिकर्ताको अनलाइन परीक्षा हुने

२५ चैत्र २०८०, आईतवार १३:३१

काठमाडौं । गण्डकी प्रदेशमा चैत्त २८ गते जीवन बीमा अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परीक्षा हुने भएको छ ।

नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय, पोखराले आज (चैत्र २५ गते) एक सूचना जारी गर्दै २८ गते बुधबार परीक्षा हुने जनाएको हो । अनलाइन माध्यमबाट हुने उक्त परीक्षा दिउँसो चार बजेदेखि साढे पाँच बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा देशभरका परीक्षार्थीहरु समावेश हुन पाउनेछन् ।

बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा दिएर मात्र ईजाजतपत्र दिने व्यवस्था भएकाले परीक्षा संचालन गर्न लागिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*