सिरहामा शिव मनी ट्रान्सफरको साढे १५ लाख लुटियो

२५ चैत्र २०८०, आईतवार १४:५७

काठमाडौँ । सिरहामा मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । सिरहा सदरमुकाममा हतियार देखाएर शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्तर कम लुटिएको हो ।

रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् । ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*