पुतलीसडकबाट ३७ जना दृष्टिबिहीन पक्राउ

२५ चैत्र २०८०, आईतवार १६:१०

काठमाडौँ । काठमाडौँको पुतलीसडकबाट ३७ जना दृष्टिबिहीन नागरिकहरू प्रक्राउ परेका छन् । काठमाडौँ महानगरविरुद्ध आन्दोलन गर्दै आइरहेका दृष्टिबिहीनहरुले निषेधित क्षेत्र प्रवेश गर्न थालेपछि प्रहरीले पक्राउ गरेको हो ।

महानगरले सडक किनारमा स्पिकरसहित गित गाउने दृष्टिबिहीनहरूको स्पिकर खोसेपछि उनीहरू आन्दोलित भएका थिए । आन्दोलनको क्रममा जिल्ला प्रशासन काठमाडौँले जारी गरेका निषेधित क्षेत्रमा प्रवेश गर्ने खोजेपछि पुतलीसडकबाट २४ जना पुरुष र १३ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दृष्टिबिहीन हामीलाई बाच्ने अधिकारी दे, हामीलाई हेप्न पाइँदैन भन्दै नारा लगाइ रहेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*