सोमबार सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोला किन्न कति चाहिन्छ ?

२६ चैत्र २०८०, सोमबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज पुनः सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबारको रेकर्ड तोड्दै सुनको मूल्य आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

सोमबार सुन तोलामा ६०० रुपैयाँले बढेको छ । आज छापावााला सुनको मूल्य एक लाख ३६ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*