प्राप्ती प्रस्ताव पारित गर्दै एनसीएचएल र ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स्

२६ चैत्र २०८०, सोमबार ११:१६

काठमाडौँ। नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडले प्राप्ती प्रस्तावलाई पारित गर्नका लागि विशेष साधारण सभा आव्हान गरेका छन् । दुबै कम्पनीहरूले वैशाख १३ गते विशेष साधारण सभा बोलाएका हुन् ।

नेपाल क्लियरिङ हाउसले होटल रोयर सिङगी, कमलादी, काठमाडौंमा दिउँसो १२ः१५ बजे र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा दिउँसो १२ः१५ बजे सभा बोलाइएको हो ।

सभाले प्राप्ती प्रस्ताव पारित गर्दै अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समपक्ष पेश गर्ने निर्णय समेत गर्नेछ । नेपाल राष्ट्र बैंकबाट कुनै सुझाब आएमा त्यसको आवश्यक संशोधन तथा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गर्नेछ ।

पूँजी बढाएर नेपाल सरकार र नेपाल राष्ट्र बैंकले परिलक्षित गरेको दिर्घकालिन उदेश्य प्राप्ति गर्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*