सुरुवातीभन्दा एक लाख रूपैयाँले बढ्यो टियागो ईभीको मूल्य

२६ चैत्र २०८०, सोमबार ११:४२

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकाधिक वितरक सप्रदी ट्रेडिङले विद्युतीय गाडी टाटा टियागो ईभीको सुरुवाती मूल्य योजना समाप्त भएको जनाएको छ । कम्पनीको अनुसार २०२४ अप्रिल ५ देखि टियागो इभीको सुरुवाती मूल्यको अवधि सकिएको हो ।

अब नेपालमा उपलब्ध टियागो इभीको सबै मोडलहरूमा एक लाखले मूल्य वृद्धि भएको छ । नाडा अटो शोेको अवसरमा कम्पनीले टियागो इभीे नेपाली बजारमा आकर्षक मूल्यमा सार्वजनिक गरेको थियो । टियागो इभी गाडी १ हजार ५०० भन्दा बिक्री समेत भइसकेका छन् ।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीका पाँच वटा प्रमुख विशेषताहरू कार्य कुशलता, प्रविधि, विश्वसनीयता, चार्जिङ र आरामदायिता रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*