कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदमा १३० कर्मचारी

२७ चैत्र २०८०, मंगलवार १०:४६

काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा, समूह र उपसमूहमा गरी १३० जनाका लागि दरखास्त आवेदन खुलाएको छ । आयोगले खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका उम्मेद्वारबाट दरखास्त आह्वान गरेको हो ।

आयोगले असिस्टेन्ट सब इन्जिनियर, खानेपानी तथा सरसफाइ नेक्निसियन, अमिन, नायब प्राविधिक सहायक, नायब पशु स्वास्थ्य प्राविधिक, नायब पशु सेवा प्राविधिक, सहायक महिला विकास निरीक्षक, सहायक कम्प्यूटर अपरेटर, वैद्य, अ.हे.व, अ.न.मि र ल्याब असिस्टेन्ट पदमा दरखास्त माग गरेको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति वैशाख १७ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरी वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*