आन्तरिक अर्थतन्त्र संकुचित नै छ, अबको बजेट घाँटी हेरेर हड्डी निल्ने हुनुपर्छः अध्यक्ष मल्ल

२७ चैत्र २०८०, मंगलवार १२:३६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अबको बजेट घाँटी हेरेर हड्डी निल्ने खालको हुनुपर्ने बताएका छन् । चेम्बरको ७३औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘पछिल्लो समय नेपालमा लगानी आकर्षित हुनु सकेन । बैंकमा लगानियोग्य रकम थुप्रिएको छ । पुँजिगत खर्च बृद्धि गर्नुपर्छ । अर्थतन्त्रमा महङ्गी बृद्धि भइरहेको छ । खाद्यान्न समान अर्बौ रकम विदेशीबाट आएको छ । यसैले अबको बजेट सबैका लागि उत्तम आउनु पर्छ’

आन्तरिक अर्थतन्त्र संकुचित नै रहेको अध्यक्ष मल्लको भनाइ रहेको थियो । ‘मुलुकको आन्तरिक अर्थतन्त्र अझै माथि उठ्न सकेको छैन, व्यापार घाटा उच्च रहेको छ । निर्यात भन्दा आयात बृद्धि भएको छ । यसले अझ व्यापार घाटा बृद्धि गर्ने प्रष्ट देखिएको छ’ अध्यक्ष मल्लले भने, ‘आइटीमा विदेशी लगानी भित्र्याउनु अहिलेको आवश्यकता हो । प्राकृतिक स्रोतको सहि सदुपयोग गर्नुपर्नेछ छ। अर्थतन्त्र चलायमान बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको छ।’

सरकारको केही कसिलो नीतिले अर्थतन्त्रलाई थप संकुचित बनाएको छ । उनले भने, ‘केहि नीतिले अर्थतन्त्र चलायमान बनाउन रोक लगाएको छ । लचिलो नितिले अर्थतन्त्र चलायमान हुनुका साथै राजस्व संकलनमा समेत सहयोग हुन्छ । सो कारण नीति परिवर्तन आवश्यक रहेको छ।’

‘मुलुकको अर्थतन्त्रका लागि चेम्बरको भुमिका खेलेको छ । निजि क्षेत्रमा चेम्बरको भूमिका महत्वपूर्ण रहेको छ। अर्थतन्त्रमा प्रष्ट धारणा सरकारसँग चेम्बरले राखेको छ । व्यवसायीको आर्थिक गतिविधि विकासका लागि चेम्बरले सम्मान गरेको छ’ अध्यक्ष मल्लले भने ।

अर्थतन्त्र चलायमान बनाउनको लागि चेम्बरले विभिन्न एक्स्पो आयोजना गरि रहेको अध्यक्ष मल्लको भनाइ रहेको थियो । ’गाजालाइ सरकारले वैधानिकता दिनु पर्ने देखिएको छ । कृषिमा दिएको सहुलियत कर्जामा निरन्तरता दिनु पर्छ ।’ अध्यक्ष मल्लले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*