२०४७ सालयताका सबै घोटाला काण्ड छानबिन गर्न रास्वपाको माग

२७ चैत्र २०८०, मंगलवार १५:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ सालयताका सबै घोटाला काण्ड छानबिन गर्न माग गरेको छ । मंगलबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको गठन गर्नुपर्ने माग गरेको हो ।

२०४७ साल यताका सबै सांसदहरुको छानबिन गर्न यो समिति माग गरेको रास्वपाका सह–प्रवक्ता मनिष झाले बताएका छन् । नेपाली कांग्रेस रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको मागबाट पछि नहटेपछि रास्वपाले यस्तो माग राखेका हो ।

सांसद झाले कांग्रेस महामन्त्री गगनकुमार थापालाई इंगित गर्दै भने, ‘क्याम्पस बढ्दा र युनियनमा छँदादेखि हिनामिना गरेको पैसाको पनि हिसाब किताब हुनुपर्छ।’ मंगलबारको बैठकले कांग्रेसले राखेको संसदीय छानबिन समितिको मागलाई बिना आधारको रुपमा व्याख्या गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*