सलिकोले चार दिने बीमा अभिकर्ता तालिम संचालन गर्ने

२८ चैत्र २०८०, बुधबार ०७:२९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले बीमा अभिकर्ताको आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले सलिकोमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्तिको सुविधालाई मध्यनजर गर्दै चार दिने अभिकर्ताको तालिम संचालन गर्न लागेको हो ।

कम्पनीले तालिम पोखरा शाखा कार्यालमा आउदो वैशाख ११ गतेदेखि १४ गतेसम्म विहान १० बजेदेखि ५ बजेसम्म संचालन गर्न जनाएको छ । यसमा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले सहभागिता जनाउन सक्नेछन् ।

तालिममा ३० जनाभन्दा बढी सहभागी संख्या समावेश गराउन नसकिने भएकाले पहिलो दर्ता हुन आएको निवेदनलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*