व्यापारिक घरनालाई हेरेर बजेटमा करको दर हेरफेर गर्न दिन्न, ब्यक्तिगत विषय लिएर नआउनुः अर्थमन्त्री पुन

२८ चैत्र २०८०, बुधबार ११:२९

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कुनै सिमित व्यापारिक घरनालाइ हेरेर बजेर करको दर हेरफेर नहुने बताएका छन् । उधोग वाणिज्य महासंघको महासंघको ५८ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘व्यापारिक घरनालाई हेरेर बजेटमा करको दायरा हेरफेर हुने छैन । कुनै पनि ब्यक्ति करको दायरालाई लिएर वा ब्यक्तिगत विषय लिएर नआउनुहोस् । सामुहिक विषयमा सरकार जहिले पनि सकारात्मक छ । ज्यले सबैलाई सम्मान गर्छ । सवैसग हातेमालो हेरेर सरकार अघि वढेको छ । तर कुनै सीमित घरनालाई हेरेर अबको बजेट आउँदैन । ब्यक्तिगत स्वार्थका लागि बजेट माग्दै नआउनु होला । ‘

‘पक्राउ गर्दैमा खोषि नहुने उनको तर्क थियो । कानुन माथि होकि छैन । प्रश्न उठ्दैमा गतल हुन्छ भन्ने हुदैन । यो ब्यबस्था अनुसार हामि अघि बढ्नु पर्छ । प्रश्नमा उठे कानुन अनुसार अघि बढ्नु पर्छ’ उनले भने ।

अर्थतन्त्रले बिस्तारै लय समाति रहेको अर्थमन्त्री पुनले बताए । उनले भने, भाबि पुस्तालाई हेरेर भएपनी आवश्यक काम गर्नुपर्ने छ । बिश्वको अर्थतन्त्र समेत समस्यामा रहेको छ । यो बेला लगानि बढाउनु पर्ने देखिएको छ ।

‘आइटि क्षेत्रमा समेत हामी अघि बढी रहेको छ । नीतिगत सुधारका लागि सरकार अघि बढी रहेको छ । सरकार निजि क्षेत्रसँग हालेमालो गरेर अघि बढ्नु पर्छ । निर्माण क्षेत्रको रकम हामी तत्का ल निकास गर्न तयार गर्छौ’ पुनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*