सुनचाँदीको मूल्यले दिनहुँ नयाँ रेकर्ड कायम गर्दैै

२८ चैत्र २०८०, बुधबार ११:००

काठमाडौं । पछिल्लो समय सुन र चाँदीको मूल्यले निरन्तर जसो नयाँ रेकर्ड बनाइरहेको छ। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा दैनिक वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो।

आज (बुधबार) नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँ बढी हो। अघिल्लो दिन अर्थात मंगलबार यस्तो सुन प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनसँगै यस दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदी प्रतितोला १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ जुन मंगलबारको तुलनामा १५ रुपैयाँ बढी हो। मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*