निजि क्षेत्रलाई प्रोत्साहन नगरेसम्म राज्यको अर्थतन्त्र अघि बढ्न सक्दैनः राप्रपा अध्यक्ष लिङ्देन

२८ चैत्र २०८०, बुधबार ११:५९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले निजि क्षेत्रलाई प्रोत्साहन नगरेसम्म राज्य अघि बढ्न नसक्ने बताएका छन् । उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारण सभामा बोल्दै उनले निजि क्षेत्रलाई प्रोत्सान गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘निजि क्षेत्रलाई नउठाएसम्म राज्य बन्दैन। निजि क्षेत्रको पनि सक्रियता बढाउनु पर्छ । सबै हातेमालो गरेर अघि बढ्नु पर्ने देखिएको छ।’

पिपिए रोकिन भनेको राष्ट्रघात भएको उनको भनाइ रहेको छ । ‘म उर्जा मन्त्री हुँदा पिपिए भनेको थाहा थएन । पछि बुझ्दै जाँदा त पिपिए बन्द गर्नु राष्ट्रघात रहेको थाहा पाए । यो अर्थतन्त्र चलायमान हुने बिषय पनि हो।’ अध्यक्ष लिङ्देनले भने ।

उर्जा विदेशी लगानी होइन हाम्रो स्वदेशी लगानीकर्तालाइ दिनु पर्ने उनको भनाइ छ । ‘नेपाली युवाले पठाएको रेमिट्यान्सले देश बन्दैन । निजि क्षेत्रलाई माथि नउठाएसम्म राज्य बन्दैन।‘ उनले भने, ‘निजिले पनि सक्रियता बढाउनु पर्छ।’

संकलप पत्रमा निजी क्षेत्रबाट दलहरूले चन्दा माग्दैन भन्ने प्रतिद्धता लेख्न लगाउन चुनौति दिएका छन् । ठुल–ठुला आयोजना विदेशी कम्पनीलाई दिने हैन नेपाली कम्पनीलाई दिनु पर्छ । कसैलाई आक्रोश पोख्न परे निजी क्षेत्रलाई पोख्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*