सत्ता र शक्तिमा बसेका ब्यक्तिको स्वभाव नबदलिएसम्म अर्थतन्त्रमा सुधार आउँदैनः चित्र बहादुर केसी

२८ चैत्र २०८०, बुधबार १२:३३

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिमा बसेका ब्यक्तिको स्वभाव नबदलिएसम्म अर्थतन्त्रमा सुधार नआउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभा समारोहमा शुभकामना मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् ।

बजेट जसको ताकत छ उसले लैजाने गरेको केसिको भनाइ रहेको थियो । उनले भने, ‘ नेपालको बजेट तागत हुनेको हातमा मात्र छ । सबैले हातेमालो गेरेर अघि बढ्नु पर्छ । मेनपावरले नेपालका युवा निर्यात गेरेर राष्ट्र बन्दैन ।’

संघियताले राष्ट्र टाट पल्टिएको रहेको केसिले बताए । ‘म संघियताको विरोधी होइन तर यहाँ संघियता टिक्दैन । हरेक महिना मुख्यमन्त्री परिवर्तन हुने भइरहेको छ । यस्ता कुराले राज्य टाट पल्टिए पछि मात्र याद आउँछ’ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*