मलेशियाले दुई सयजना नेपाली पुरुष कामदार निःशुल्क लैजाने

२९ चैत्र २०८०, बिहीबार ११:३२

काठमाडौं । मलेशियाले दुई सयजना नेपाली पुरुष कामदारलाई निःशुल्क लैजाने भएको छ । मलेशियाको सेलेङगोरस्थित जिएस करर्पाेरेशन एसयिडएन बिएचडि कम्पनीले औद्योगिक कामदारको रुपमा नेपाली पुरुष कामदारलाई निःशुल्क लैजान लागेको हो ।

कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नुपर्नेछ । करार अवधि दुई वर्ष रहेको छ भने कम्पनीको नियमानुसार कामदारले वार्षिक बिदा पाउनेछन् । कामदारले बस्ने सुविधासहित मासिक ४२ हजार नेपाली रुपैयाँ तलब र ओभरटाइम सुविधा कम्पनी नियमानुसार पाउनेछन् ।

इच्छुक कामदारले वाईड–स्पेस इन्टरनेशनल प्रा.लि.को इन्टरभ्यू हल टुकुचा गैह्रीधारा, काठमाडौंमा वैशाख ६ गते फाइनल अन्तर्वार्ता दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*