लुम्बिनी प्रदेश लोक सेवा आयोगले माग्यो २७६ कर्मचारी

३० चैत्र २०८०, शुक्रबार ११:२०

काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनीले २७६ जनाका लागि दरखास्त आवेदन खुलाएको छ । आयोगले सहायक स्तर चौथो तह (प्राविधिक) पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी आवेदन खुलाएको हो ।

आयोगले स्वास्थ्य सेवातर्फ अ.न.मी., वैद्य, ल्याब असिस्टेन्ट, अ.हे.ब. पदमा, इन्जिनियरिङ सेवातर्फ असिस्टेन्ट सब इन्जिनियर, अमिन, खा.पा.स.टे पदमा त्यस्तै कृषि सेवातर्फ नायब प्राविधिक सहायक, नायब पशु स्वास्थ्य प्राविधिक, नायब पशु सेवा प्राविधिक पदमा र विविध सेवातर्फ सहायक महिला निरीक्षक र सहायक कम्प्यूटर अपरेटर पदमा आवेदन खुलाएको हो ।

आवेदन दिन इच्छुक एवम् योग्य नेपाली नागरिकले वैशाख २० गतेसम्म र दोब्बर दस्तुर तिरी वैशाख २७ गतेसम्म आवेदन दिन पाउनेछन् । आवेदन आयोगको विद्युतीय दरखास्त प्रणालीबाट दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*