हिमाल दोलखा हाईड्रोपावरको वार्षिक साधारण सभा स्थगित

३० चैत्र २०८०, शुक्रबार ११:३३

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत २९ गते आर्थिक वर्ष ०७८।७९ र ०७९।८० को १५औं र १६औं संयुक्त वार्षिक साधारण सभा बोलाएको थियो । उक्त सभाका लागि गणपूरक संख्या नपुगेकाले स्थगित भएको हो ।

सभाका लागि दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने प्रस्ताव तय गरिएको थियो । स्वतन्क्र सञ्चालकको नियुत्ती अनुमोदन र सञ्चालक समितिको बैठकभत्ता निर्धारणको विषय पनि सभाका लागि तय भएको थियो । कम्पनीले लाभांश प्रस्ताव भने गरेको थिएन । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते एक दिन बुक क्लोज गरेको थियो ।

पुनः बस्ने वार्षिक साधारण सभाका लागि भने सोही बुक क्लोज लागू हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*