मन्त्रिपरिषदको निर्णय : सुन्तला नेपालको राष्ट्रिय फल

३० चैत्र २०८०, शुक्रबार १६:१६

काठमाडौं । सुन्तलालाई सरकारले राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

सुन्तला नेपालको रैथाने फल हो । नेपालमा सुन्तला उत्पादनका लागि केही क्षेत्रहरु प्रसिद्ध एवं पकेट मानिन्छन् । उत्पादनमा थप जोड दिने उद्देश्यले सुन्तललाई राष्ट्रिय फल घोषणा गरिएको मन्त्री शर्माले बताईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*