सिंहदरबारका सचिवहरूको जिम्मेवारी हेरफेर

३० चैत्र २०८०, शुक्रबार १८:१८

काठमाडौँ। सरकारले सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा फेरबदल गरेको हो ।

मन्त्रिपरिषद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलाको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।

यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ । बैठकले अन्य केही सचिवहरूको पनि सरुवा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*