सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा महानगरबाट स्वीकृति लिनुपर्ने (सूचनासहित)

२ बैशाख २०८१, आईतवार १६:००

काठमाडौं । सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा काठमाडौँ महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । महानगरले आइतबार सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, फुटपाथ तथा सार्वजनिक स्थानहरूमा जुनसुकै प्रकृतिको निर्माण कार्य गर्दा अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताएको हो ।

यस्तै निर्माण कार्य गर्दा पैदल यात्रु तथा स्थानीयवासीको आवागमनमा बाधा नपर्ने र प्रदूषण नियन्त्रण हुने गरी निर्माण क्षेत्रलाई घेरी सुरक्षित रूपमा मात्र गर्नुपर्ने महानगरले उल्लेख गरेको छ । यस्तै महानगरले निर्माणाधीन अवस्थामा रहेका निर्माण कार्यका सम्बन्धमा ३ दिनभित्र अनिवार्य रूपमा सूचना अनुसार गर्न गराउन निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*