‘विदेशी लगानी भित्र्याउन विकास नीति स्पष्ट हुनु जरुरी’

२ बैशाख २०८१, आईतवार १७:०४

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा विदेशी लगानी भित्र्याउन विकास नीति स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा आयोजन गरिएको नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘राम्रो सरकारले आर्थिक नीति बनाउन कुनै सक्रियता देखाएन । यदि वास्तवमा विदेशी लगानी नेपाल भित्र्याउने हो भने विकास नीतिको स्पष्ट परिभाषा गरौँ । आन्तरिक अर्थतन्त्र सुधार अहिलेको मुख्य आवश्यक गर्नु पर्छ । ठुलो लगानी भन्दा भएको लगानी कसरी अगाडि बढाउनुपर्छ भन्ने तिर हाम्रो ध्यान जानुपर्छ ।’

कृषि औधिकीकरण नगरेसम्म देशको अर्थतन्त्र अगाडि जान नसक्ने भट्टराईको भनाई छ । ‘कृषिमा नयाँ नयाँ प्रविधि भित्र्याउनु आवश्यक छ । कृषिमा विकास नगरेसम्म हाम्रो मुलुकको अर्थतन्त्र अगाडि जाँदैन । आर्थिक रूपमा नयाँ फड्को मारेका कयौँ विदेशी राष्ट्र छन् । ती सबै राष्ट्र कृषिबाट हुन् उनले भने, दोस्रो चरणमा मात्र औद्योगिक क्षेत्रमा लगानी गर्नु पछै । आर्थिक नीति बनाउनु पर्छ’ उनले भने ।

जिडिपीको ४० प्रतिशत विकास खर्च राज्यले गर्नु पर्ने भट्टराईले बताए । ‘हामीले वार्षिक ३/४ खर्ब खर्च विकास खर्च गर्ने सक्नु पर्छ । आत्मनिर्भर बन्नु पर्छ । अपुग कुरामा मात्र विदेशी लगानी बारे सोच्नु पर्छ । साना उद्योग व्यवसायी सुधार गरी पुँजी निर्माण तिर अग्रसर हुनुपर्छ’ भट्टराईले भने ।

शिक्षा र स्वास्थ्य केही नगरेसम्म आन्तरिक अर्थतन्त्र अघि बढ्न सकस हुने उनको तर्क थियो । पुँजी र श्रम परिचालन गर्ने र अपुग कुरा मात्र बाहिरबाट मगाउनु पर्ने उनको भनाइ रहेको छ । स्वदेशमै पुँजी निर्माण गर्नका लागि हाम्रा आन्तरिक उद्योगहरू सञ्चालकमा जोड दिनुपर्छ ।

विदेशी लगानी लगानी नाफा कमाउने हेतुले आउने भएकाले आवश्यक वातावरण तयार गर्नुपर्ने भट्टराईले बताए । उनले भने, ‘हामीले विदेशी लगानी ल्याउनका लागि उनीहरूको हाम्रो चाहना र आवश्यक बुझ्नु पर्छ । विदेशी लगानी नाफा कमाउन आउने गर्छ । मुनाफा लिँदा हामीले के लाभ लिने भन्ने कुरा बुझ्नुपर्छ । पुजी, श्रम र बजारले पुँजी निर्माण हुने हुँदा अर्थतन्त्र चलायमान बनाउनु पर्छ ।’

पछिल्लो ६० वर्ष यता दोहोरो अङ्कको आर्थिक वृद्धिदर नहुनु दुखित विषय रहेको उनको भनाइ रहेको थियो । शिक्षाबाट विदेशी रहेको अर्बको पुँजी रोक्न तिर सरकारले ध्यान दिनु आवश्यक रहेको छ । विदेशी लगानीका लागि बजार व्यवस्थापन तथा नीति नियम स्पष्ट हुनुपर्छ । राजनीतिक अस्थिरतामा रोलिए अर्थतन्त्र शिथिल अवस्थामा जाने उनले बताए ।

त्यस्तै, कार्यक्रममा डा. डिल्लीराज खनालले अर्थतन्त्र अझै शिथिल अवस्थामा रहेको बताए । उनले राजस्व सङ्कलनको आँकडा समेत घट्दै गएको हुँदा अर्थतन्त्र अझ ओरालो लागि रहेको बताए ।

उनले भने, ‘पछिल्लो समय विदेशी लगानी जति पनि लिनु पर्छ भन्ने एक भाष्य निर्माण भएको छ । विदेशी लगानी चाहिन्छ तर प्रभावलाई हेर्नु पर्छ । विदेशी लगानी ल्याउने हो भने कुन प्रविधि ल्याउनका लागि हो या कुन निमार्ण कार्यका लागि भनेर सीमा निर्धारण हुनु पर्छ ।’

निरन्तर पुँजी बाहिरी रहेको अवस्थामा पहिलो चरणमा सरकारले पुँजी स्वदेश मै रोक्न तिर अघि बढ्नु पर्ने नेपालको भनाइ रहेको छ । विदेशी लगानीको सही सदुपयोग गर्न तिर अग्रसर हुनु पर्ने उनले बताए । डा. कुसुम शाक्यले विदेशी लगानी भन्ने वित्तीयकै भित्र्याउने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*