सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै राख्न विज्ञहरूले सुझाव

२ बैशाख २०८१, आईतवार २१:०४

विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै राख्न सरोकारवाला विज्ञहरूले सुझाव दिएका छन्।

सगरमाथालाई अंग्रेजीमा ‘माउन्ट एभरेस्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरूले सो सुझाव दिएका हुन्।

इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले नेपालका अन्य हिमालको नाम नेपालीमा मात्र भएजस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद प्रा.डा. त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नामको ऐतिहासिक तथ्यबारे जानकारी गराएका थिए। इतिहास शिरोमणि आचार्यले सर्वप्रथम वि.सं १९९५ मा लेखमार्फत सर्वाेच्च शिखरको नाम सगरमाथा भएको उल्लेख गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*