केटीएम ३९० ड्यूकको बुकिङ खुला, १ लाख घट्यो मूल्य

३ बैशाख २०८१, सोमबार १६:३६

काठमाडौं । केटीएम ३९० ड्यूकको मूल्य १ लाख रुपैयाँले घटेर आउने भएको छ । केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले मूल्य घटाउँदै बुकिङ खुला गरेको हो ।

कम्पनीले ८ लाख ९९ हजार रुपैयाँ तोकेर थर्ड जेनेरेशन ३९० ड्यूकको बुकिङसमेत खुला गरेको हो । यसअघि ९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री भइरहेको मोटरसाइकल अहिले १ लाख कम मूल्य राखेर ल्याउने तयारी थालेको छ।

गतवर्षको बजेटमार्फत कर घटेपश्चात कम्पनीले केटीएम ३९० ड्यूकको आयात गरेको थिएन । अहिले कम्पनीले विभिन्न अपडेटसहितको ३९० ड्यून नेपालमा सार्वजनिक गर्दा यसको मूल्य १ लाख रुपैयाँले घटाउन लागेको हो ।

हाल नेपाली बजारमा केटीएम २०० ड्युक, केटीएम २५० ड्युक, केटीएम ड्युक ३९०, केटीएम २०० आरसी, ३९० आरसी, केटीएम २५० एड्भेन्चर, केटीएम ३९० एड्भेन्चर विक्री हुँदै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*