नेपाल वायुसेवा निगमद्धारा चैत्र मसान्तसम्मको जहाजको ५३ करोड ऋण भुक्तानी

३ बैशाख २०८१, सोमबार १७:५०

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणवापतको चैत मसान्तसम्मको रकम भुक्तानी गरेको छ । निगमले ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको हो ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको २०८० चैत महिनाको किस्तावापत पूरा र दुई वाइड बडी जहाजको आंशिक गरी उक्त रकम भुक्तानी गरेको हो।

चैतसम्मको अवधिमा पाँच अर्ब ३६ करोड ६६ लाख ८६ हजार नौसय ६८ किस्ता रकम भुक्तानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*