स्वास्थ्य बीमा बोर्ड र रुपाकोट अस्पतालबीच सम्झौता

४ बैशाख २०८१, मंगलवार ११:२१

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र कास्की जिल्लाको रुपा गाउँपालिकामा रहेको रुपाकोट अस्पतालबीच सम्झौता सम्पन्न भएको छ । नागरिकहरुलाई सहज र सरल वातावरणमा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ बैशाख ३ गते उक्त सम्झौता सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहेका स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले रुपाकोट अस्पतालमा आउने स्वास्थ्य बीमाका बीमितहरुले सुलभ र गुणस्तरिय स्वास्थ्य उपचार पाउने बताए । साथै उनले भने, ‘स्वास्थ्य सेवा पाउनु आम नागरिकहरुको अधिकार हो । यसलाई थप राम्रो र सहज बनाउन सम्पूर्ण मानिसले स्वास्थ्य बीमामा समावेश हुन आवश्यक रहेको छ ।’

उक्त कार्यक्रमको अध्यक्षता रुपा गाउँपालिकाका उपाध्यक्ष लाल सुब्बा गुरुङले गरेका थिए । साथै, प्रमुख अतिथि स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला, बिशिस्ट अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको उपस्थितिमा सम्झौता कार्यक्रम सम्पन्न भएको हो ।

सम्झौता कार्यक्रममा गाँउपालिकाका कर्मचारी लगायतका स्थानीयको सहभागिता रहेको थियो ।

May be an image of 10 people, people studying and hospital

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*