भोलि देशभर सार्वजनिक बिदा

४ बैशाख २०८१, मंगलवार ११:२७

काठमाडौँ । सरकारले भोलि अर्थात बैशाख ५ गते देशभर सार्वजनिक बिदा दिने भएको छ । राम नवमीको अवसरमा बुधबार सार्वजनिक बिदा हुने भएको हो ।

बिदासँगै सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द हुनेछ ।

हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल तिथिमा रामनवमी मनाउने गरिन्छ । करिब ९ लाख वर्षअघि त्रेतायुगमा यही मितिमा पृथ्वीमा रामको अवतरण भएको हिन्दु विश्वास रहिआएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*