सञ्चय कोषले सञ्चयकर्तालाई मौज्दात रकममा १.१०% मुनाफाको रुपमा वितरण गर्ने

४ बैशाख २०८१, मंगलवार १३:०४

काठमाडौं । सञ्चय कोषका सञ्चयकर्ताले व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकममा १।१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाको रुपमा वितरण गर्ने निर्णय गरेको छ।

कोषले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

सञ्चय कोषका सञ्चयकर्ताको तथा निवृत्तभरण कोषका योग्दानकर्तालाई आर्थिक बर्ष २०७९।८० को सञ्चय कोष तथा निवृत्तभरण कोष व्यक्तिगत खातामा रहेको सुरु मौज्दात रकममा १।१० प्रतिशतका दरले हुन आउने रकम मुनाफाको रुपमा वितरण गर्ने संचालक समितिले निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*