नेपाली आकाशमा हवाई सेवा दिँदै आएको सिम्रिक एयर २३औं वर्षमा

४ बैशाख २०८१, मंगलवार १३:२९

काठमाडौं । नेपाली आकाशमा हवाई सेवा प्रदान गर्दै आएको सिम्रिक एयर स्थापनाको २३ औं वर्षमा पुगेको छ । सरकारले ल्याएको खुला आकाश नीतिअनुरुप सन् २००१ मा स्थापित यस कम्पनीले एमआई–७ नामक हेलिकप्टरबाट कार्गाे उडान सुरु गरेको थियो ।

स्थापित कालमा दुर्गम, पिछडिएका र बाटो नपुगेको क्षेत्रमा खाद्यान्न सामग्री तथा यात्रु ओसारपसारमा भुमिका खेलेको यस कम्पनीसँग हाल बेल–४०७ जीएक्सपी, एयरबस– बी३ई र बेल– ५०५ जेट रेन्जर एक्स जस्ता हेलिकप्टर रहेका छन् ।

स्थापनाको दिवसको अवसरमा बोल्दै अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कम्पनीले विगतमा देखिएका असहज परिस्थितिलाई समेत चिरेर २३ वर्ष पुगेको गरेको बताउँदै हेलिकप्टर उद्योगलाई थप सेवामूलक र प्रभावकारी बनाउन अन्य सेवाका साथै रात्रिकालीन सेवा पनि समावेश गरिने बताए ।

कम्पनीले विगतका कालखण्डमा भएका आन्तरिक द्वन्दका क्रममा घाइतेहरुको उद्धारका लागि, विकट तथा ग्रामीण भेगमा खाद्यान्न लगायतका सामग्री ढुवानीका लागि, प्रकोप तथा महामारीको समयमा उडान गर्दै उद्धार तथा राहत कार्यमा सहयोग गर्दै आएको छ ।

कोभिड महामारीको समयमा कम्पनीले नेपालमै पहिलो पटक बायोलोजिकल आइसोलेशन च्याम्बर भित्र्याई कोभिड बिरामीलाई उद्धार गरेको थियो । जसबाट कम्पनीले कुल २५० बिरामीलाई बिभिन्न क्षेत्रबाट हेलिमार्फत हस्पिटल लगि उपचारमा सहयोग पुर्याएको थियो ।

कम्पनीले नयाँ खोज अनुसन्धान प्रयोग अघि बढाउने सिलसिलामा नेपालमै पहिलोपटक हेलिपोर्ट स्थापना गर्ने लक्ष्य लिएको र यसका लागि भौतिक काम पनि अगाडि बढिसकेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*