महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन

४ बैशाख २०८१, मंगलवार १७:१९

महालेखापरीक्षकमा तोयम राया सर्वसम्मतले अनुमोदन भएका छन् ।

आज बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले रायालाई सर्वसम्मत महालेखापरीक्षकमा अनुमोदन गर्ने निर्णय गरेको हो । रायाले बैठकमा १५ पृष्ठको कार्ययोजना प्रस्तुत गर्दै बेरूजू कम गर्नाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेसंगै उनी महालेखापरिक्षक नियुक्त हुने छन् । महालेखापरिक्षकको कार्यकाल ६ वर्षको हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*