लुयानका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्म छुट

४ बैशाख २०८१, मंगलवार १८:२२

काठमाडौँ । लुयानका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले २५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । कम्पनीले नयाँ वर्षलाई लक्षित गरी उक्त योजना सार्वजनिक गरेको हो ।

यो अफर यहि चैत्र २६ गते देखि आगामी २०८१ बैशाख ३१ गते सम्म लागु हुनेछ । लुयानको एमएनके३ र एस३० मा १५ हजार रुपैयाँ र एस७०प्रो मा २५ हजार रुपैयाँ नगद छुट पाउनेछन् । एउटा प्रिमियम हेलमेट, बाइक कभर तथा रेनकोट पनि उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।

यसका साथै सधैं झैं चालु आर्थिक बर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत पाउन सक्ने कम्पनीले जनाएको छ । यो स्किम कम्पनीकोे मुख्य शोरुम नागपोखरीमार्ग, काठमाडौं लगायत मुलुकका अन्य शोरुम तथा डिलरहरुबाट समेत पाउन सकिने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*