आज राम नवमी, देशैभर सार्वजनिक बिदा

५ बैशाख २०८१, बुधबार ०७:०४

काठमाडौं । हरेक वर्षको चैत्र शुक्ल नवमीका दिन मनाईने ‘राम नवमी पर्व’ आज रहेको छ । यस पर्वको अवसरमा आज सरकारले देशैभर सार्वजनिक बिदा दिएको हो ।

हिन्दु धर्मशास्त्र अनुसार त्रेतायुगमा आजकै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको पुत्रको रुपमा मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भएको थियो । त्यही जन्म दिनको अवसरमा आज पवित्र नदी, ताल, कुण्ड आदिमा स्नान गरेर भगवान श्रीरामको पुजाआजा गरी मनाईने गरिन्छ ।

राम नवमीको अवसरमा आज देशका सम्पूर्ण सरकारी कार्यालय, बैक तथा वित्तीय संस्था, शेयर बजार लगायत शिक्षण संस्था बन्द रहने भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*