बुधबार एक तोला सुन किन्न एक लाख ३९ हजार २०० रुपैयाँ चाहिने

५ बैशाख २०८१, बुधबार १०:३५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*