दाङबाट रुकुमकोट जाँदै गरेको बस सल्यानमा दुर्घटना

५ बैशाख २०८१, बुधबार १२:१४

काठमाडौं । सल्यानको थारमारेमा बस दुर्घटना भएको छ। घोराहीदेखि रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बागचौर नगरपालिका वडा नं.२ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परी केही यात्रु घाइते भएका छ्न्। घाइतेहरूको जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिक, बागचौरमा लगिएको छ। घटनास्थलमा प्रहरी पुगेर उद्धारको कार्य जारी रहेको छ ।

दुर्घटनामा परी १३ जना यात्रु घाइते भएका छन् ।  घटनाको थप विवरण आउन बाँकी रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*